२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, ब्राजिल पराजित
काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको लागि खेलको २२ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाएका थिए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो ।
रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए । सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो । २००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।
त्यस्तै, अर्जेन्टिनाको कप्तान लिओनल मेसी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् । ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे । कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर, मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेकाले मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् । अर्जेन्टिनाका मेसी र ब्राजिलका नेमार कोपाको उत्कृष्ट खेलाडी समेत घोषित भए ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #अर्जेन्टिना, #कोपा अमेरिकाको उपाधि, #ब्राजिल
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित




तपाईको कमेन्ट लेख्नुहोस्