फेरि बढ्न थाले कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा बढी हो । पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ६ सय ५७ पीसीआर र ४ हजार ६ सय ५६ जनाको एन्टीजेन परिक्षणको क्रममा काठमाडौ उपत्यकामा ३ सय ८० जना सहित २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये काठमाडौंमा २ सय ६१, भक्तपुरमा ४५ र ललितपुरमा ७४ जना रहेका छन् । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ । अहिले ९ जिल्लामा ५ सय भन्दा बढसि संक्रिय संक्रमित रहेका छन् । त्यस्तै २४ जिल्लामा २ सय भन्दा बढी संक्रमित रहेका छन् । बाँकी जिल्लामा २ सय भन्दा कम संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३१६ हजार जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म संक्रमण पश्चात ६ लाख १६ हजार ९ सय २९ हजार जना निको भएका छन् । अहिलेसम्म कोरोना संक्रमणका कारण ९ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । शुक्रबार २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ५ सय ९० जना रहेका छन् । उनीहरु मध्ये होमआइसोलेसनमा २३ हजार ९ सय २० र होमर्आसोलेसनमा २ हजार ६ सय ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालको आइसियुमा ५ सय ३९ र भेन्टिलेटरमा १ सय ६६ जनाको उपचार भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण, #फेरि बढ्न थाले कोरोना
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्