पहिरोले जुराइदिएको बेहुलाहरुको सामुहिक भेट र फोटो
काठमाडौं । पहिरोका कारण यतिेबला नारायणगढ मुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध भइरहेको छ । यतिबेला विवाहका लगन पनि चलिरहेका छन । घरबाट तुलही लिन यात्रा तय गरेका र दुलही लिएर घर फर्किदै गरेका बेहुला बेहुली पहिरो कै कारण रोकियो । भावी श्रीमती लिन जान लागेका बेहुलाहरु नारायणगढ मुग्लिन सडकखण्डमा रोकिएपछि चिन्तामा पनि देखिन्थ्ये । तर, एक जनामा मात्र होइन धेरै बेहुलाहरु पहिरो कै कारण रोकिएका थिए ।
सडक घण्टौ अवरुद्ध भएपछि बेहुला सडकमै हिड्दै गर्दा ६ जना बेहुलाहरुको त भेटै भयो । अनि पहिरोको दुखमा रहेका उनीहरु खुसी हुँदै सामुहिक तस्वीर नै खिचे । बेहुलाहरु बाटोमा रोकिएको दृश्य रोचक देखिन्थ्यो । लगन भएकाले असारमा कोरोना भाइरसको जोखिमका बाजुद सुरक्षा उपाय अपनाएर विवाह चलिरहेको छ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड बिभिन्न स्थानमा अवरुद्ध छ । चार किलो, पाँच किला, जलबिरेलगायतका स्थानमा लगातार पहिरो खसिरहेको छ । जसका कारण सडकमा सयौं सवारी साधन रोकिएका छन् । पहिरोकै कारण एकै ठाउँमा ६ जना दुलाहाहरुको जमघट भएको थियो ।
अहिले दुलाहाहरुको फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ ।यसरी अलपत्र परेका ६ जना दुलाहाको सामूहिक तस्वीर भाइरल बनेको छ, जुन तस्वीर गोरखाका सिरानचोक गाउँपालिका–५ का ज्ञानेन्द्रराज पोखरेलले खिचेको बताइएको छ । उनी आफ्नो भतिजो आशिष पोखरेलको बिहेमा गाउँबाट बिहान ७ बजे नै चितवन हिँडेका थिए । तर मुग्लिनबाट करिब ५ किलोमिटर नारायणगढतर्फ आएपछि जाममा परे । चितवनको चनौलीमा दुलही लिन १२ जना जन्तीसहित आएका पोखरेल बिहान ९ बजे नै मुग्लिन आएको थियो । निकैबेर जाममा बस्दा दुलही लिन हिँडेका बेहुलाहरुको भेट भएको उनले उल्लेख गरिएको छ । कोही गाडीमै बसेका थिए भने कतिपयले फोटो खिच्न मानेका थिएनन ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दुलाहाहरुको फोटो सामाजिक संजाल, #विवाहका लगन
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्