चिनियाँ राष्ट्रपति सीको चेतावनीः चीनलाई घेर्नेविरुद्ध पर्खाल जस्तै भएर उभिने छौं

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले आज स्थापनाको १०० वर्ष मनाउँदै छ । चीनसहित विश्वभर चिनियाँ कम्युनिष्ट पार्टीको शुभेच्छुकले यो वर्षगाँठलाई मनाइरहेका छन् । सयौं वर्षगाँठका अवसरमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति एवं सीपीसी महासचिव सी जिङपिङले आफ्नो मुलुकले अन्य देशलाई दमन नगर्ने स्पष्ट पारेका छन् । उनले चीनलाई असर पुर्याउन खोज्ने तत्वविरुद्ध भने आफूहरु धातुको पर्खालजस्तै भएर उभिने चेतावनी समेत दिएका छन्।
बेइजिङमा उपस्थित ७० हजार सहभागि अगाडि उभिएर सीले चीनविरुद्धको षड्यन्त्र निस्तेज पार्ने समेत बताएका छन् । चीनलाई घेर्ने र निस्तेज पार्ने षड्यन्त्रविरुद्ध १.४ बिलियन चिनियाँ जनता धातुको पर्खालजस्तै भएर उभिनेछन्’ सीले आफ्नो सम्बोधनका क्रममा भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीको उदयले चिनियाँ जनताको भाग्य मात्र हैन, सिंगो विश्वकै भाग्य बदलेको छ ।’ राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीका अग्रणी नेताहरु माओत्से तुङ, देङ जिआओपिङ, जियाङ जेमिन र हु जिन्ताओप्रति सम्मान व्यक्त गरे ।
ताइवानसँग एकताका लागि चीनले अबिचलित प्रतिबद्धता जनाएको समेत उनले बताए । आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र देश रक्षा गर्ने चिनियाँ जनताको सक्षमतालाई कसैले पनि दुष्प्रयास नगर्न उनले भनेका छन् । विहिबार विहान आयोजित समारोहमा चिनियाँ आकाशमा सैन्य जहाज उडाइएका थिए भने राष्ट्रवादी गीत पनि बजाइएका थिए । तियानमेन स्क्वायरमा उपस्थित अधिकांशले मास्क पनि लगाएका थिएनन् । आजै, हङकङले पनि ‘ह्यान्डओभर डे’ मनाउँदैछ । सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी लामो गृहयुद्धपछि ७२ वर्ष अगाडि शक्तिमा आएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #चिनियाँ कम्युनिष्ट पार्टी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्