युरोकप फुटवलको क्वाटरफाइनल समीकरण पूरा
एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भयो ।
यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् । तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् । अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।
क्वाटरफाइनल समीकरण
शुक्रबार राति ९ : ४५ बजे–स्विट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२ : ४५ बजे–बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९ : ४५ बजे–चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२ : ४५ बजेयुक्रेनविरुद्ध इंग्ल्यान्ड
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #युरोकप फुटबल
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्