पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वार्टरफाइनलमा
काठमाडौं । बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । स्पेनमा गएराती भएको प्रि–क्वाटर फाइनलमा साविक विजेता पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायकगोल गरे ।
खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोल किपर थोबाउट कोर्टुवाले बचाएका थिए । यससँगै बेल्जियम क्वाटर फाइनलमा पुग्ने चौंथो टिम बनेको छ ।
पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वाटर फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, समाचार
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्