सेप्टेम्बरसम्म भारतमा बालबालिकाकालाई खोप लगाइने

एजेन्सी । एम्स दिल्लीका निर्देशक डाक्टर रणदीप गुलेरियाले बालबालिकालाई कोभिड–१९ खोपको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छ्न । उनले भारतको बायोटेक र अन्य कम्पनीहरुले बालबालिकाको खोपका लागि भारतमा निकै तीव्र गतिले परीक्षण गरिरहेको र प्राप्त तथ्याङ्क अनुमोदन हुने आशा गरेका बताएका हुन् । सेप्टेम्बर–अक्टोबरसम्ममा देशमा बालबालिकाका लागि खोप उपलब्ध गराइने बताइएको छ ।
कोभाक्सिनको दुई वा तीन चरणको परीक्षण पूरा भएपछि बालवालिकाका लागि सेप्टेम्बर अक्टोबर सम्ममा उपलब्ध हुने अपेक्षा डाक्टर गुलेरियाले गरेका छन् । कोभाक्सिन भारत बायोटेकद्वारा विकसित एक स्वदेशी खोप हो । गुलेरियाले अझ प्रष्ट पार्दै भने बच्चाहरू लाई अक्सर हल्का रोग लागेको हुन्छ तर हामीले बच्चाहरूको लागि खोप विकास गर्नु आवश्यक छ किनभने यदि हामीले यस महामारीलाई नियन्त्रणमा राख्नुपर्छ भने सबैलाई खोप लगाउनुपर्छ।
भारत बायोटेक र अन्य कम्पनीहरूले एकदमै छिटो परीक्षण गरिरहेका छन् किनभने आमाबाबुआफ्ना छोराछोरीसँग परीक्षणको लागि अघि बढेका छन । उनले थपे एउटा आशा छ कि परीक्षण चाँडै पूरा हुनेछ र सम्भवतः लगभग दुई तीन महिनाको अनुगमनका पछि हामीसँग सेप्टेम्बर सम्ममा तथ्याङ्क हुनेछ। आशा छ, त्यस समय सम्ममा अनुमोदन हुनेछ र सेप्टेम्बर अक्टोबरसम्ममा, हामीले बालबालिकालाई दिन सक्ने हाम्रो देशबाट खोपहरु पाउनेछौं, उनले थपे ।
उनले भारत बायोटेकले २ देखि १८ वर्षको उमेर समूह बीच परीक्षण सञ्चालन गरिरहेको र यसले व्यापक स्पेक्ट्रम ढाक्छ भनेका छन् । जिडस क्याडिला खोपबारे सोधिएको प्रश्नमा उनले भने यो डिएनए खोप हो, नयाँ प्लेटफर्म प्रयोग भइरहेको छ र यो हामीले गर्व गर्नुपर्ने कुरा हो । उनले थप्दै भने यो एउटा यस्तो प्लेटफर्म हो जसको लागि विगतमा देशमा अनुसन्धान गरिएको छैन ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #खोपको विकास, #डाक्टर रणदीप गुलेरिया
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्