शनिबारबाट युरोकपको नकआउट चरणका खेल, यी हुन प्रतिस्पर्धी टिम
काठमाडौं । युरोपका विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणका खेल शनिबारबाट हुँदैछन् । बुधबार रातीबाटै समूह चरणका खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमको एकिन भएको हो । नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् ।
६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येका उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् । यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा आफूलाई सुरक्षित गरेका छन् ।
यी हुन् अन्तिम १६ का प्रतिद्वन्दी
वेल्स विरुद्ध डेनमार्क
इटाली विरुद्ध अष्ट्रिया
नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक
बेल्जियम विरुद्ध पोर्चुगल
क्रोएसिया विरुद्ध स्पेन
फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड
इंग्ल्यान्ड विरुद्ध जर्मनी
स्विडेन विरुद्ध युक्रेन
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, समाचार
ट्याग : #संस्करणको युरोकप
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्