Techie IT
  • २४ भदौ २०८२, मंगलबार

११ महिनापछि भारतको जम्मू–कश्मीरमा आगनवाडी केन्द्र सञ्चालनमा


एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीका कारण विगत ११ महिनादेखि बन्द रहेको रजौरी जिल्लास्थित एक हजार छ सय ६९ आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका हुन् ।

भारतका बिभिन्न क्षेत्रहरुमा कोभिड–१९ को प्रतिबन्धहरु खुकुलो भएसंगै रजौरीस्थित आगनवाडी सेन्टरहरु पनि पुनः संचालनमा आएका हुन। भारत सरकारकारले सन् १९७५ देखि बालबालिका विकास सेवा अन्तरगत ग्रामिण क्षेत्रहरुमा विपन्न बालबालिकाहरुका लागि आधारभूत शिक्षा, स्वास्थ्य, खानाको व्यवस्था गरी आगनवाडी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कोभिड–१९ महामारीका समयमा पनि सेन्टरका कार्यकर्ताहरुले मानिसको घर–घरमा गएर आवश्यक औषधी, खाना प्रदान गरेको रजौरीस्थित आगनवाडी कार्यक्रमका अधिकारीले बताएका छन् । कोभिड–१९ महामारीका समय शिक्षाबाट वञ्चित भएका विपन्न बालबालिका तथा अभिभावकहरु आगनवाडी सेन्टरहरु पुनः सुचारु भएपछि खुःसी भएका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं