देशभर मनसुन सक्रिय भएसँगै ३३ जिल्लामा बाढी र पहिरो, ७ जनाको मृत्यु हुँदा २७ बेपत्ता

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै जारी अविरल वर्षाका कारण देशका ३३ जिल्लामा बाढी तथा पहिरो गएको छ । विगत २ दिनको अवधिमा ३३ जिल्लाका ९९ ठाउँमा बाढी तथा पहिरोका कारण ७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । बाढीका कारण मंगलबार रातिदेखि बुधबारसम्मको २४ घण्टामा मात्रै देशभर ४ जनाको मृत्यु भएको छ । सोमबारयताको तथ्याङ्कअनुसार बाढीका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । बाढीले बगाउँदा सोमबार बाजुरामा २ जना तथा मंगलबार गोरखामा १ जनाको मृत्यु भएको थियो । मंगलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकमा १ जनाको मृत्यु भएको छ ।
यस्तै, डोटी, कास्की र पाल्पा जिल्लामा १–१ गरी बुधबार ३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् । बाजुरा, गोरखा, प्युठान, अर्घाखाँचीमा एक–एक जना, जाजरकोटमा सात जना र सिन्धुपाल्चोकमा १७ जना गरी जम्मा २७ जना बेपत्ता भएका छन् । यसैगरी सिन्धुपाल्चोकमा छ जना र स्याङ्जामा पहिरोमा परि एक जना, डोटीमा दुई जना र जुम्लामा दुई जना समेत गरेर जम्मा ११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा ४६ र दाङमा चार जनालाई सकुशल उद्धार गरिएको छ । बाढी पहिरोबाट १३ जिल्ला बढी प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी र डोटी जिल्ला बाढी पहिरोबाट बढी प्रभावित भएका छन् । सबैभन्दा धेरै प्रभाव मनाङ र सिन्धुपाल्चोकमा देखिएको छ । बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घरमा पूर्ण र २६ घरमा आंशिक रुपमा क्षति भएको तथ्यांक सरकारले संकलन गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढी पहिरोबाट बेपत्ताको खोजी, उद्धार र राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ । यता, जल तथा मौसम विज्ञान विभागले अझै केही दिन देशका धेरै ठाउँमा अविरल पानी पर्ने पूर्वानुमान गरिएको छ । बाढी, पहिरो र डुबानको जोखिम हुने नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएको पहाडी बस्ती र तराईका डुबान सम्भावित बस्तीमा रहेका नागरिकलाई सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #बाढी तथा पहिरो
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्