२ हजार ८ सय २८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ६ सय ८७ वटा नमुना पीसीआर परीक्षण र ४ हजार ३ सय ३५ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएको बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले उक्त जानकारी दिए ।
कूल पीसीआर परीक्षणमध्ये संक्रमित दर १९ प्रतिशत पुगेको छ । बुधबार ५२ जनाको कोभिडको कारण ज्यान गएको छ । कूल मृतक संख्या ८ हजार ५ सय ५८ पुगेको छ । ३ हजार ८२ जना निको भएका छन् ।
निको हुने प्रतिशत ८८ दशमलव ४९ छ । पीसीआर परीक्षणबाट ६ लाख १४ हजार र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार २ सय १७ कूल संक्रमित संख्या पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्