२ हजार ८ सय २८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ६ सय ८७ वटा नमुना पीसीआर परीक्षण र ४ हजार ३ सय ३५ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएको बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले उक्त जानकारी दिए ।
कूल पीसीआर परीक्षणमध्ये संक्रमित दर १९ प्रतिशत पुगेको छ । बुधबार ५२ जनाको कोभिडको कारण ज्यान गएको छ । कूल मृतक संख्या ८ हजार ५ सय ५८ पुगेको छ । ३ हजार ८२ जना निको भएका छन् ।
निको हुने प्रतिशत ८८ दशमलव ४९ छ । पीसीआर परीक्षणबाट ६ लाख १४ हजार र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार २ सय १७ कूल संक्रमित संख्या पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
- २पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
- ३मन्त्रिपरिषदको वरीयता हेरफेरः पाँचौमा झरे सुधन, आठौंमा उक्लिइन् सीता वादी
- ४रामकुमारीको माग – जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ
- ५२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन



तपाईको कमेन्ट लेख्नुहोस्