फुटबलको वरियतामा तीन स्थान सुधार, नेपाल १ सय ६८ औं स्थानमा
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । पछिल्लो समय यथास्थितीमा रहेको नेपालको वरियताले यस पटक भने चढेको हो । मंगलबारको ताजा तथ्याङ्ग अनुसार नेपालले तीन स्थान सुधार गर्दै १ सय ६८ औं स्थानमा पुगेको छ । दैनिक अपडेट हुने वरियता अनुसार नेपालले तीन स्थान सुधार गरेको हो । यसअघि राष्ट्रिय पुरुष फुटबल टिम १ सय ७१ औं स्थानमा रहेको थियो । मंगलबारको ताजा वरियतामा नेपाल १ सय ६८ औं स्थानमा छ ।
यसै महिना तीन फिफा विश्वकप छनोट र एक मैत्रिपूर्ण खेलमा सुधारिएको प्रदर्शन गरेको नेपालको वरियतामा सुधार देखिएको हो । फुटबल र्याङ्किङ डटकमले जनाए अनुसार नेपालले ९ सय ६८ अंक प्राप्त गरेको छ । गत साता नेपालले चाईनीज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो । सोही नतिजाको आधारमा नेपालले आफ्नो बरियता सुधार गरेको हो ।
फिफाले हरेक महिना आफ्ना सदस्य राष्ट्रको वरियता सार्वजीक गर्ने गर्छ । नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल उपाधि जितेको थियो । तर नेपालको बरियतामा कुनै सुधार आएको थिएन । केही हप्ता अघि मात्र नेपाली टिम इराकसँग मैत्रीपूर्ण खेलमा ६–२ गोल अन्तरले पराजित भएको थियो । यस्तै, फिफा विश्वकप छनोट खेलमा चाइनिज ताईपेलाई २–० ले पराजित गरेको नेपालले जोर्डन र अष्ट्रेलियासँग समान ३–० गोल अन्तरको हार ब्यहोरेको थियो ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, समाचार
ट्याग : #फिफा वरीयता, #विश्व फुटबल
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्