कोरोना जोखिममा गोदावरी नगरस्काउटको सक्रियता

ललितपुर । नवगठित गोदावरी नगरस्काउटले नगरस्तको स्काउटिङ्ग विकासका लागि आगामी रणनीति तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर १४ मा रहेको ठैब रोभर रेन्जर क्र्युको सभाहलमा आयोजित कार्यक्रममा नगरस्काउटका नवगठित पदाधीकारी, स्काउटका अग्रज ब्यक्तित्व रोभर, रेन्जर र जिल्लाबाट बागमती प्रदेश स्काउटमा प्रतिनिधित्व गर्ने स्काउटरहरुविच छलफल भएको हो ।
नेपाल स्काउट बागमती प्रदेशका संयोजक केशरत्न बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ललितपुर जिल्लाबाट बागमती प्रदेश स्काउटमा प्रतिनिधित्व गर्ने स्काउटर शरन महर्जन, विजयश्वरी अमात्य, स्काउटर तथा पर्वतारोही प्रकाशराज पान्डे, बागमती प्रदेश सदस्य तथा स्पेशल टाक्स फोर्सका संयोजक अजित लामाको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बज्राचार्यले नवगठित पदाधिकारीलाई शुभकामना ब्यक्त गद्धै स्काउटिङ्गको वृत्ति र विकासमा गोदावरी नगरपलिका देशकै अब्बल नगरपालिकाका रुपमा अगाडी बढन शुभकामना दिएका थिए । यस्तै गोदावरी नगरस्काउट कमिटिले मुलुक कोरोना महामारिसँग लडिरहेको समयमा स्थानीय सरकारसँगको सहकार्यमा कोराना विरद्ध नगरमा परिचालन हुदै जनचेतनाका कार्यक्रम, खोप अभियान सञ्चालनका क्रममा स्वयमसेवा लगायतका कार्यहरुलाई पहिलो प्राथमिकतामा राखेको छ ।
कोरोना कहर सामान्य भएसँगै निरन्तर नगरमा स्काउटिङ्गको वृत्ति, विकास, युवा लक्षित कार्यक्रम र तालिम लगायतका विषयमा काम गर्न तयारी अवस्थामा रहेको नगर संयोजक दिपक अर्यालले जानकारी दिएका छन् ।
नगर स्काउलाई स्थानीय तह र सहयोगी हातको साथ
गोदावरी नगर स्काउटले कोरोना रोकथामका लागि नगरपालिकामा निरन्तर जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेकोप्रति जनप्रतिनिधिहरुले प्रशंसा गरेका छन् ।गोदावरी नगरपालिका स्काउटका सरक्षंक समेत रहेका नगर प्रमुख गजेन्द्र महर्जनले नगरमा स्काउटको विकासका लागि आवश्यक सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
यता, गोदावरी नगरस्काउले गरेको सेवाकर्मलाई विभिन्न पेशाकर्मी तथा व्यवसायीहरुले समेत साथ दिएका छन् । कोरोना महामारीविरुद्ध जनचेतना अभियान सञ्चालनका लागि ब्यवसायी धुव्रप्रसाद भट्टराई र त्रिपुरेश्वर स्थित त्रान्ती सर्जिकलका सन्चालक महेश खडका, नेपाल वोटल वाटर उद्योग संघले पानी मास्क, पञ्जा, स्यानिटाइजर, थर्ममिटर र ब्यानडेज हस्तान्तरण गरेका छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #गोदावरी नगरपलिका, #नगरस्काउट
तपाईको कमेन्ट लेख्नुहोस्