पाकिस्तानमा तिर्थयात्रीहरु बोकेको बस दुर्घटना, १८ जनाको मृत्यु
काठमाडौं,एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानमा तिर्थयात्रुहरु बोकेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । ४२ जनाभन्दा बढी तिर्थयात्रुहरु घाइते भएका छन् । प्रान्तिय राजधानी क्वेटा भन्दा २ सय ६० किमी दक्षिणतर्फ पर्ने खुज्दार शहर नजिक बस दुर्घटना भएको सुरक्षा अधिकारी विलाल अहमदले जानकारी दिएका छन् । विलाल अहमद्का अनुसार बस अत्याधिक तिव्र गतिमा थियो र अनियन्त्रित भएर सडम मुनी खसेको थियो । दुर्घटनाका गम्भीर घाइतेहरुलाई कराँची लगिएको विलालले बताएका छन् ।दुर्घटनास्थलवाट कराँची करिब ३५ किमी पर छ ।
बलोचिस्तानको वाध क्षेत्रमा एउटा धार्मिक सभामा भाग लिएर तिर्थयात्रुहरु सिन्ध प्रान्तमा फर्किरहेको बताइएको छ । हुन् त पाकिस्तानको सडकहरुमा सडकहरुको अवस्थाका कारणले दुर्घटनाहरु भइरहन्छन् । सन् २०१८ को विश्व स्वास्थ संगठनको अध्ययन हेर्ने हो भनें सन् २०१६ मा मात्रै कम्तिमा २८ हजार ६ सय ५२ जना पाकिस्तानीहरु सडक दुर्घटनामा मारिएका थिए । यस अनुपात हेर्ने हो भनें प्रति १ लाख पाकिस्तानी जनसख्याँमा १४ दशमलव ३ प्रतिशत को दुर्घटनामा मृत्यू भएको देखिन्छ । सन् २०१६ पछि चाँही चीनको सहयोगमा पाकिस्तानको यातायात संरचनाहरु बिकास र बिस्तार गरिन थालियो ।
६० विलियन अमेरिकी डलर बरावरको चाइना पाकिस्तान इकोनोमीक करीडर अन्र्तगत दुई देश विचको यातायात, भौतिक संरचना र वाणिज्य बिकास गरिने योजना छ । यद्धपी पाकिस्तानका बिभिन्न सडक र रेल संरचनाहरु अझै पनि उस्तै छन् । गत हप्ताको सोमवार मात्रै सिन्ध प्रान्तमा एउटा यात्रुवाहक रेल आफ्नो ट्याकवाट निस्केर अर्को रेलसंग ठोकिँदा ६३ जनाको मृत्यू भएको थियो । यस दुर्घटनामा मात्र १ हजार जना भन्दा धेरै घाइते भएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #तिर्थयात्रुहरु बोकेको बस दुर्घटना, #पाकिस्तानको दक्षिणपश्चिमी
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्