धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशभरको मौसम सक्रिय छ। प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही तथा अन्य प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन,चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यो बर्ष समयमै मनसुनभित्रिएसँगै देशका विभिन्न स्थानमा वर्षा शुरु भएको छ । एक दुई दिनमै मनसुन देशभर पुग्ने अनुमान गरिएको छ । यस पटक अलि अगाडि नै मनसुन सुरु भएको छ । २८ गते देखि सुरु भएको मनसुन हिजो २ बजदेखिे लुम्बिनी प्रदेशमा पुगेको थियो ।
काठमाडौं लगायत पूर्वबाट सुरु भएको मनसुन एक दुइ दिनमा देशभरी पुग्नेछ । यो हप्ता हल्का देखि मध्यम बर्षा हुने र साताको मध्य तथा अन्त्यतिर तराईका केही भुभाग र गण्डकी र सदुरपश्चिम प्रदेशमा भारी बर्षा हुने मौसमबिद्को अनुमान छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध बिभागले गरेको छ ।
हाल देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमीवायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको रहेको विभागले जनाएको छ । देशका बिभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने,पहिरो जाने स्थानमा सतर्कता अपनाउन मौसमविद् वरुण पौडलले आग्रह गरेका छन् । यो वर्ष समयमै मनसुन सुरु भएका कारण किसानका लागी खेतीपाती गर्न सहज हुनेछ । तर, भारी बर्षा हुदा खतरामुक्त क्षेत्रको पहिचान समयमै गर्न सके आउन सक्ने खतराबाट बच्न सकिन्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #मनसुनी वायु, #मौसम सक्रिय
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्