नेपालको उच्च शिक्षा गुणस्तर सुधारमा विश्व बैंकद्वारा ७ अर्ब सहायताको घोषणा
काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकले ६० मिलियन अमेरिकी डलर अर्थात ७ अर्ब २ करोड रुपैयाँ सहायताको घोषणा गरेको छ । बैंकको बोर्ड अफ डाइरेक्टरले शुक्रबार उक्त सहायताको अनुमोदन गरेको विश्व बैंकद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
विपन्न र सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा पहुँच तुल्याउन र अनलाइन सिकाइमा जोड दिन उक्त रकम विनियोजन गरिएको विश्व बैंकले उल्लेख गरेको छ । ‘कोरोनाभाइरस महामारीले दक्ष जनशक्ति निर्माणको आवश्यकतालाई महसुस गराएको छ’ बैंकको नेपाल निर्देशक फरिस हडाड जर्भोसले भने, ‘कोभिड–१९ महामारीबाट नेपालको आर्थिक पुनउत्र्थानका लागि आवश्यक श्रमशक्ति जुटाउन पनि शैक्षिकरुपमा दक्ष जनशक्ति बनाउनु जरुरी छ ।
उक्त सहयोगले श्रमशक्ति निर्माण गर्न नेपाललाई उच्च शिक्षामा जोड दिन सघाउन पुर्याउने आशा पनि विश्व बैंकले व्यक्त गरेको छ । यो कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ महामारीको कारण आर्थिक संकट झेलिरहेका गरिबहरुलाई उच्च शिक्षामा आकर्षित गर्नु रहेको समेत जनाएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #विश्व बैंक
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्