नेपालको उच्च शिक्षा गुणस्तर सुधारमा विश्व बैंकद्वारा ७ अर्ब सहायताको घोषणा

काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकले ६० मिलियन अमेरिकी डलर अर्थात ७ अर्ब २ करोड रुपैयाँ सहायताको घोषणा गरेको छ । बैंकको बोर्ड अफ डाइरेक्टरले शुक्रबार उक्त सहायताको अनुमोदन गरेको विश्व बैंकद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
विपन्न र सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा पहुँच तुल्याउन र अनलाइन सिकाइमा जोड दिन उक्त रकम विनियोजन गरिएको विश्व बैंकले उल्लेख गरेको छ । ‘कोरोनाभाइरस महामारीले दक्ष जनशक्ति निर्माणको आवश्यकतालाई महसुस गराएको छ’ बैंकको नेपाल निर्देशक फरिस हडाड जर्भोसले भने, ‘कोभिड–१९ महामारीबाट नेपालको आर्थिक पुनउत्र्थानका लागि आवश्यक श्रमशक्ति जुटाउन पनि शैक्षिकरुपमा दक्ष जनशक्ति बनाउनु जरुरी छ ।
उक्त सहयोगले श्रमशक्ति निर्माण गर्न नेपाललाई उच्च शिक्षामा जोड दिन सघाउन पुर्याउने आशा पनि विश्व बैंकले व्यक्त गरेको छ । यो कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ महामारीको कारण आर्थिक संकट झेलिरहेका गरिबहरुलाई उच्च शिक्षामा आकर्षित गर्नु रहेको समेत जनाएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #विश्व बैंक
ताजा खबर
- १प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- २असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
- ३संसदमा सूर्य थापाको नियमापत्ति, भने हामी रत्नपार्कमा छौँ ? मैले बुझ्न सकिनँ
- ४धरौटीमा छोड्ने आदेशपछि राणाः राज्यले फसाउन खोज्यो अदालतले बुझ्यो
- ५अमरेशलाई आरजुले दायर गरेको मुद्दामा अदालतले माग्यो अडियो–भिडियो
तपाईको कमेन्ट लेख्नुहोस्