देशभर बढ्यो गर्मी, प्रसस्त पानी पिउन चिकित्सकको सुझाब

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गर्मी बढेको छ । शनिबार मात्रै काठमाडौंको तापक्रम ३० डिग्री आसपास पुगेको छ । शुक्रबार २९ दशमलव ४ डिग्री सेल्सियस र बिहिबार ३१ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसमविद् मिनकुमार अर्यालका अनुसार उपत्यकासहित देशका प्राय सबैजसो ठाउँमा तापक्रम बढेको छ । तराईका जिल्लाको तापक्रम ३४–३५ डिग्री सेल्सियस भन्दा माथि पुगेको अर्यालले जानकारी दिनुभयो ।
केही ठाउँको मौसम आंशिक बद्ली भए पनि जमिन तात्तिएकाले गर्मी महसुस भएको मौसमविद्ले बताएका छन् । केही दिनसम्म मौसम बद्ली भई पानी परेको र त्यस पछि मौसम सफा भई घाम लागेकाले जमिन तात्तिँदा बढी गर्मी महसुस भएको हो।मौसम सफा भएर जमिन तात्तिएकाले रातको समयमा पनि गर्मी महसुस हुन थालेको छ । एक दुई दिन मौसम यस्तै रहने पूर्वानुमान छ । आउँदो मंगलबारदेखि भने प्रि मनसुन थप सक्रिय भएर धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
यसैबीच, गर्मी बढेकाले प्रशस्त पानी पिउन चिकित्सकहरुले सुुझाव दिएका छन् । गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र केहीलाई डिहाइड्रेशन समेत हुन सक्ने भन्दै पानी पिउन डाक्टरले सुझाब दिएका हुन । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने क्षमता र रक्तसञ्चारमा कमी आउन सक्छ ।
गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खान चिकित्सकको सुझाव छ । खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खान विज्ञले सल्लाह दिएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #अधिकांश स्थानमा गर्मी
ताजा खबर
- १एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
- २बेलायतले रुसलाई लगायोआफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप
- ३गाजाको अवस्था अत्यन्त खराब भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीको दाबी
- ४राष्ट्रियसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक,दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
- ५त्रिभुवन विमानस्थल भन्सारबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएको फेला (भिडियो सहित)
तपाईको कमेन्ट लेख्नुहोस्