ललितपुरले तोक्यो निषेधित क्षेत्र, ५ जनाभन्दा बढी भेला हुन नपाइने
काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकेको छ। शुक्रबार ललितपुर महानगरपालिका क्षेत्रभित्रका केही ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने आदेश भएको हो। सो आदेश निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएका हुन्। शनिबार बिहान ६ बजेदेखि बुधबार राति १० बजेसम्मको लागि सो आदेश जारी भएको हो।
रातो मच्छिन्द्रनाथको रथ यात्रामा हुन सक्ने हुलदंगा वा अशान्तिलाई मध्यनजरमा राख्दै प्रशासनले निषेधित क्षेत्र तोकेको हो। आदेशको उल्लंघन गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ। यस वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्रालाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर न्यून संख्यामा उपस्थित भइ रथारोहण गर्न लागेको हो। प्रशासनले विभिन्न सरोकारवालाहरूसँग छलफल गरेर जेठ १ गते प्रतिकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने र खटमा राखेर बुङ्गमती पुर्याउने निर्णय गरेको थियो।
निषेधित क्षेत्र तोकिएको स्थान
श्री रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र
पूर्व मदन स्मारक स्कुल अगाडिको चोक,
पश्चिम श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको बारुण यन्त्र रहेको स्थान
दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडीको चोक (अल्का मोड)
उत्तर लविम मल पश्चिमपट्टीको सडक
श्री मिन नाथको रथ रहेको आसपास क्षेत्र
पूर्व– गणेशस्थान मन्दिर
पश्चिम– टबहाल चोक
दक्षिण– ईति चोक
उत्तर–टंगल र चक्रवहिली गल्ली
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #ललितपुर जिल्ला प्रशासन कार्यालय
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्