नेपाल स्काउट पुग्यो ७५३ वटै स्थानीय तहमा
काठमाडौं । नेपाल स्काउटले अब देशका ७ सय ५३ वटै पालिका हुँदै त्यहाँका सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने भएको छ । नेपाल स्काउटले यहाँ पत्रकार सम्मेलन गरी देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरिएको जानकारी दिएको हो । स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार २००९ सालमा गठित स्काउट विगतमा सिमित क्षेत्रमा क्रियाशील भए पनि देशैभरी सक्रिय बनाउने उद्देश्यले सबै पालिकामा विस्तार गर्ने तयारी गरिएको जानकारी दिए ।
परम्परागत संरचनामा खुम्चिएर रहेको स्काउटले नयाँ संरचनासँगै समयको मागअनुसार गतिशील हुने अवसर पाएको उनको भनाइ थियो । संयोजक भण्डारीले भने, ‘विगतमा भन्दा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै स्काउट गतिविधि बढेको पनि छ, परिणामस्वरुप विगत लामो समयदेखि निष्क्रिय देखिएको नेपाल स्काउटको अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।’ स्थानीय संरचनाअन्तर्गत हरेक विद्यालयमा कम्तिमा एक वटा स्काउट समिति बन्ने जानकारी पनि संयोजक भण्डारीले दिए । ति समितिहरु मार्फत विद्यार्थीले अनुशासन, कुलतबाट बच्ने उपाय, सामाजिक कार्यमा सक्रियता एवं शारीरिक तथा मानसिक विकाससम्बन्धी तालिम प्राप्त गर्ने छन् ।
स्काउटको इतिहासमा यस आर्थिक वर्षमात्र ५० हजार बढी स्काउट स्वयंसेवक परिचालन गरिएको र कोभिडको महामारीमा शव व्यवस्थापनसम्मका सामाजिक कार्यमा सक्रिय रहेको जानकारी पनि उनले गराएका छन् । नेपाल स्काउट ऐन २०५५ अनुसार प्रधानमन्त्री नेपाल स्काउटका संरक्षक र माननीय युवा तथा खेलकुद मन्त्री प्रमुख स्काउट हुने व्यवस्था रहेकोछ भने, प्रदेशमा मुख्यमन्त्री संरक्षक सामाजिक विकास मन्त्री प्रमुख स्काउट हुने व्यवस्था हुनुका साथै स्थानीय पालिकामा, पालिका प्रमुख संरक्षक तथा पालिका उपप्रमुख प्रमुख स्काउट हुने व्यवस्था छ ।
यसबाट संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा नीतिगत रुपमै हरेक बिद्यालयमा स्काउट युनिटहरु संचालन हुने र हरेक पालिकामा स्काउट क्रियु संचालन हुने जानकारी पनि कार्यक्रममा दिइयो ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #नेपाल स्काउट, #संयोजक लोकबहादुर भण्डारी
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्