रुकुमपश्चिमको चौरजहारी अस्पतालका डाक्टर पक्राउ

रुकुमपश्चिम । रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डाक्टर पक्राउ परेका छन । अस्पतालका डाक्टर दिपेन्द्र गौतमलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले आइतबार अस्पतालबाटै पक्राउ गरेको हो ।
शैक्षिक योग्यताका प्रमाणपत्र सम्बन्धिको मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ । लिखत सम्बन्धि मुद्दामा जिल्ला अदालत काठमाडौको पक्राउ आदेशपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।
मनाङ जिल्लाको कामे गाउँपालिका वडा नम्बर ५ निवासी डाक्टर गौतम देखि चौरजहारी अस्पतालमा कार्यरत थिए । ३१ बर्षका गौतमको एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग उनिमाथी लागेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #डाक्टर पक्राउ
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्