रुकुमपश्चिमको चौरजहारी अस्पतालका डाक्टर पक्राउ
रुकुमपश्चिम । रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डाक्टर पक्राउ परेका छन । अस्पतालका डाक्टर दिपेन्द्र गौतमलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले आइतबार अस्पतालबाटै पक्राउ गरेको हो ।
शैक्षिक योग्यताका प्रमाणपत्र सम्बन्धिको मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ । लिखत सम्बन्धि मुद्दामा जिल्ला अदालत काठमाडौको पक्राउ आदेशपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।
मनाङ जिल्लाको कामे गाउँपालिका वडा नम्बर ५ निवासी डाक्टर गौतम देखि चौरजहारी अस्पतालमा कार्यरत थिए । ३१ बर्षका गौतमको एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग उनिमाथी लागेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #डाक्टर पक्राउ
ताजा खबर
- १जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
- २कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन
- ३रुकुम पश्चिममा प्रचण्ड र माधवले सम्बोधन गर्ने, दश हजार बढी कार्यकर्ता उतारिने
- ४कांग्रेसको विज्ञप्तीः विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई हुँदैन, नआउनु
- ५राष्ट्रिय सभा निर्वाचनः १८ पदमा ४४ जनाले दिए उम्मेदवारी



तपाईको कमेन्ट लेख्नुहोस्