शिक्षाको पहुँचबाट टाढा दलित तथा बिपन्न बालबालिका
जाजरकोट । जिल्लाका अधिकांश दलित तथा विपन्न समुदायका बालवालिका शिक्षाको पहुँच भन्दा धेरै टाढा रहेका छन् । आर्थिक, भौगोलिक, पारिवारिक समस्याका कारण जाजरकोटका दलित समुदायका बालबालिकाहरु शिक्षाको पहुँचबाट बन्चित भएका हुन् । बारेकोट ६ ताँसीकी, माया विक आर्थिक अभावकै कारण विद्यालय छोड्न बाध्य भईन । अहिले उनका साथीहरु स्कुल जाने बेलामा उनी डोको र नाम्लो बोकी जंङगल तीर लाग्छिन् । यस्तै ताँसीकै तारा विकको १० वर्षकै उमेरमा आमाको मृत्यु भयो । मृत्यु पश्चात उनी विद्यालय भन्दा घर सम्हाल्न बाध्य भएकी छन् ।
पढाई भन्दा श्रममा धेरै समय
जिल्लाभरिका अधिकाँश दलित तथा विपन्न समुदायका बालवालिकाहरु पढाई भन्दा श्रममा धेरै समय बिताउँदै आएका छन् । आर्थिक अभावकै कारण स्थानिय १४ वर्षका खिमराज विक कक्षा ५ बाटै विद्यालय छोडी भारत गएको स्थानिय कालीबहादुर विकले बताए । यता बिहान पशुबस्तुलाई घाँस ल्याई विद्यालय जाने गरेको बारेकोट ५ की हिरा नेपालीले बताईन् । आफना सबै साथीहरु गृहकार्यको तयारीमा हुन्छन् । विडम्बना आफु भने डोको र नाम्लोको तयारी गर्नुपर्ने उनको गुनासो रहेको छ । यी बालबालिका एक प्रतिनिधी मात्र हुन् ।
जाजरकोटका सातवटै स्थानीय तहका बालबालिकाहरु यस्तो अवस्थामा रहेका छन् । घरमा बिहान र बेलुका हातमुख जोड्नलाई धौधौ पर्ने दलित तथा विपन्न समुदायका कयौ बालबालिकाहरु अशिक्षा र श्रमको घेरामा पर्न गएका छन् । संविधानमा दलित तथा विपन्न बालबालिकाहरुलाई उच्च शिक्षा सम्म निशुल्क पर्ने व्यवस्था ग¥यो । उक्त निशुल्क शिक्षा कागजमा मात्र सिमित हुन पुग्यो । केहि पढाईलाई निरन्तरता दिएका बालबालिकाहरुले अहिले चर्को शुल्क तिर्दै आएका छन् । कागजी संविधानले गरिब दलित बालबालिकाहरुलाई शिक्षामा संकट तुल्याएको छ ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #विपन्न समुदाय, #शिक्षाको पहुँच, #सातवटै स्थानीय तह
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्