सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा १ हजार ३ सय बढ्यो

काठमाडौं । सुनको मुल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार एकै दिन तोलामा १ हजार ३ सय वृद्धि भएर अहिलेसम्मकै उच्च मूल्य पुगेको छ । बुधबार एकैदिन सुनको मुल्य प्रतितोला १ हजार ३ सय बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २ सय ६० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य १ हजार ४० रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #सुनको मूल्य
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्