हातले घस्रेरै उच्च शिक्षा हासिल गरिरहेकी रुकुमकी शारदालाई दुई लाख २५ हजार सहयोग

काठमाडौं । जन्मजात दुबै खुट्टाले काम नगरेपछि हात टेकेर शरीर घिसार्दै संघर्ष गर्दै आएकी रुकुम खोलागाँउकी २६ बर्षीया शारदा शर्मालाई आर्थिक सहयोग गरिएको छ । हाम्रा खबर डटकम अनलाइनमा शारदाको बिषयमा पत्रकार आदर्श केसीद्धारा लिखित लेख पढेर विश्वका विभिन्न देशबाट संकलित रकम उनलाई सहयोग गरिएको हो । रोजगारीको लागि साइप्रस पुगेकी समाजसेवी तथा नेपाली जनसम्पर्क समिति साइप्रसकी महामन्त्री नेपालको काभ्रे घर भएकी सरस्वती खनाल तिमल्सिनाको संयोजकत्व तथा साइप्रसमै कार्यरत समाजसेवी नेपालको झापा निवासी शुसिला उप्रेती चुडालको साथ सहयोगमा संकलन भएको नेपाली दुई लाख १० हजार रकम शारदालाई हस्तान्तरण भएको हो ।
पुर्व स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सांसद गगनकुमार थापाले सो संकलित रकम हस्तान्तरण गरेका हुन । पूर्वस्वास्थ्यमन्त्री थापाको निजि सचिवालयबाट समेत १५ हजार नगद रुपैयाँ शारदालाई सहयोग गरे । सहयोग रकम हस्तान्तरण गर्दै थापाले परोपकारी कार्य गरी शारदाको बाँकी भविष्य उज्यालो बनाउने अभियानमा सहयोग गर्ने देश, विदेशका सहयोगी दातालाई धन्यवाद दिए । अपांग भएका ब्यक्तीहरुको लागि कानुन निर्माण र सहयोगका लागि आफू निरन्तर लागि रहेको थापाको भनाई थियो ।
शारदाको आगामी भविष्य निर्माणमा केही सहयोग होस भनेर आफुले अभियान सुरु गरेको र त्यसमा शुसिला उप्रेती चुडाल लगायत विश्वभरबाट सहयोग गर्नुहुने सबैलाई सरस्वती खनालले धन्यवाद दिइन । शारदा जस्तै धेरै दुखीलाई सहयोग गर्दै आएकी सरस्वतीले समाजसेवाको अभियानलाई निरन्तरता दिने बताइन । उनले शारदा जस्तै अरुलाई पनि सकेजति सहयोग हुने खनालले बताइन् । शारदालाई आगामी दिनमा पनि साथ सहयोग रहने खनालको प्रतिबद्धता थियो । सहयोग प्राप्त गरेपछि शारदाले आफ्नो दुखमा साथ सहयोग गर्न अभियान सुरु गर्ने सरस्वती, साथ दिने शुसिला र सहयोग गर्ने विश्वभरका सहयोगी सबैलाई धन्यवाद दिइन ।
शारदा अत्यन्तै गरिव परिवारमा हुर्केकी युवती हुन । अशक्त शारदाले जिन्दगी जिउन निकै संघर्ष गर्दै आएकी छन् । केही गर्छु भनेर अशक्त शरीर लतार्दै रुकुमबाट काठमाडौ आएकी शारदा विभिन्न कष्ट र चुनौति झेल्दै डिग्री समेत पढिरहेकी छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस काभ्रे जिल्ला कार्यालय सचिव बिनोद तिमल्सिना, काभ्रे नेपाली काँग्रेस प्रवक्ता महेशराज पौडेल, नेपाली काँग्रेस रुकुमका नेता तथा पुर्व नेविसंघ उपाध्यक्ष खड्ग डाँगी, काभ्रे क्षेत्र नम्बर २ का काँग्रेस सचिव आनन्द सापकोटा, नेविसंघका पुर्व केन्द्रीय सदस्य भोला नेपाल, नेविसंघ नेता सुशील खड्का, पत्रकार महासंघ रुकुमका उपाध्यक्ष लक्ष्मण केसी लगायतको सहभागीता रहेको थियो ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #रुकुमकी शारदा
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्