ललितपुरमा बन्यो ब्यारेक भवन,प्रहरीमा खुसीयाली
ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरको हाताभित्र एक व्यारेक भवन बनेको छ । राष्ट्रिय पुनःर्निर्माण प्राधिकरण कोषको सहयोगमा निर्माण भएको भवनको प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले उद्घाटन गरेका छन । करिब आठ करोडको लागतमा बनेको भवनमा २४ ओटा कोठा रहेका छन । चार तल्लाको भवन निर्माण गर्न २०७४ साल असार १३ गते सम्झौता गरिएको थियो ।
प्रहरी महानिरिक्षक ज्ञवालीले पिडा, अन्याय र अत्याचारमा परेका सम्पूर्ण नागरिकको सारथी नेपाल प्रहरी रहेको दाबी गरे । उनले मुलुकको समृद्धिका लागि सुरक्षा एक अपरिहार्य तत्व रहेको हुँदा आ–आफ्नो काममा प्रतिवद्ध भएर लाग्न सबैलाई आग्रह गरे । २०७२ साल वैशाख १२ गतेको भूकम्पले धेरै प्रहरीका भवनमा क्षती पुर्याएको थियो । जसलाई ज्ञवालीले त्रिपाल र जिर्ण भवनमा हालसम्म प्रहरीहरु रहन बाध्य भएको भन्दै दुख ब्यक्त गरे ।
ऐतिहासिक र पुरातात्विक महत्व रहेको ललितपुर जिल्लाका कला कौशल, संस्कृति र परम्पराको विशिष्ट स्थान रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले यस विशिष्ट क्षेत्रको मौलिकता र महत्वलाई सदा जीवन्त राख्न भरपर्दो शान्ति सुरक्षाको ठुलो महत्व भएको ज्ञवालीको भनाई थियो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरु समाधानको लागि महानगरपालिकाले प्रहरीसँग सदैव समन्वय र हातेमालो गर्दै आगाडि बढेको बताए ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले प्रविधिको विकास सँगसँगै समाजको गतिशिलता अनुसार नेपाल प्रहरीले आफूलाई परिवर्तन गर्दै लगेमा जनमुखी प्रहरी सेवा प्रवाहमा आफ्नो काम कारवाही गर्न सहजता हुने विश्वास व्यक्त गरे । राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको सहयोगमा २ हजार १ सय ६० वर्गमिटर क्षेत्रफलमा निर्मित २४ कोठे उक्त भवन कुल ८ करोड ३१ लाख १० हजार ३ सय ९ रुपैयाँ १३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #प्रहरी परिसर ललितपुर
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्