सेयर कारोबार सोमबारबाट खुल्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको छ । आइतबार बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर असार १५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण गत चैत ११ गते लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार वैशाख २ गते खुलेको थियो । तर दुई दिन कारोबार हुँदा नेगेटिभ सर्किट लागेपछि बजार फेरि बन्द गरिएको थियो । अब फेरि आवश्यक सुरक्षाका उपाय अपनाएर बजार खोल्ने धितोपत्र बोर्डले जनाएको छ ।
सेयर कारोबार गर्दा लगानीकर्ताले सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहन गरिएको छ । नियमित कारोबार सञ्चालनका लागि कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी व्यवस्था छिट्टै गर्ने धितोपत्र बोर्डले जनाएको छ । सेयर कारोबार गर्दा लगानीकर्ता, ब्रोकर, नेप्से, सीडीएसी, मर्चेन्ट बैंकरले यसअघि बोर्डले जारी गरेको कोभिड(१९ सुरक्षाका उपाय पालना गर्नुपर्ने धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बजार सम्बद्ध संस्थाले स्वास्थ्य सुरक्षाका विधि नअपनाई कार्यालय खोलेको पाइए कारबाही गर्ने पनि जनाइएको छ । बोर्डले ब्रोकरहरुले पनि घरबाटै सेयर कारोबार गर्न सक्ने व्यवस्था मिलाएको भन्दै सकेसम्म घरबाटै कारोबार गर्न प्रोत्साहन गर्ने जनाएको छ । बोर्डले धितोपत्र बजार विकासका लागि लकडाउनको समयमा गरेको झण्डै एक दर्जन सुधारका काम गरेको जनाएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सेयर कारोबार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्