Techie IT
  • १९ असार २०८२, बिहीबार
KhojPatrika

धेरैलाई कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी


काठमाडौं । रौतहटमा स्वास्थ्यकर्मी कुटिएका छन् । रौतहटको राजपुर नगरपालिका ९ मा रहेको बैरीया क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरु माथि कुटपिट भएको हो । ठुलो संख्यामा आएका गाउलेहरु र क्वारेन्टाईनमा रहेका ब्यक्तीहरुले स्वास्थ्यकर्मी शेख खुरसैदलाई रक्ताम्य हुने गरी कुटेका हुन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ । अन्य स्वास्थ्यकर्मीको पनि हात भाचिने गरी कुटपिट गरिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरु चेकजाँच गर्दा अधिकांशको कोरोना पोजेटिभ देखिएपछि गलत चेकजाँच गरेको भन्दै कुटपिट गरिएको हो । क्वारेन्टाइनमा बसेका मात्रै होइनन् स्थानीय गाउँले समेत स्वास्थ्यकर्मी कुटपिटमा संलग्न छन् । यसले झन् क्वारेन्टाइनमा रहेका ब्यक्तीहरुको कोरोना जाँचमा कठिन भएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #स्वास्थ्यकर्मी कुटिए

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं