भारतबाट नेपाली फर्कन थालेपछि तराईमा त्रास
काठमाडौं १ जेठ । लकडाउन लम्बिदै गएपछी भारतमा रहेका नेपालीहरु घर फर्कन थालेपछी तराईका जिल्लामा त्रास बढेको छ । विभिन्न ठाउबाट नेपालीहरु स्वदेश फर्कनेक्रम बढेपछी नवलपुर तथा आसपासका जिल्लाका स्थानीयमा त्रास बढेको छ। भारतको मुम्बैबाट कपिलबस्तु सिमा हुँदै २१ जना मजदुर नवलपुर पुगेका छन् । नवलपुरको बौदिकाली, कावासोती, देवचुली र तनहुको घिषिङ गाउँपालिकाका युवाहरु कपिलबस्तुको चोरबाटो हुदै नेपाल प्रवेश गरि ५ दिनमा नवलपुर पुगेका हुन् । भारतबाट ट्रकमा कपिलबस्तु सिमा सम्म ३६ जना नेपाली आएको र सिमाबाट २ गु्रप भएर छुट्टिएको स्थानीयको भनाई छ । सिमाबाट लुकेर आउदै गरेका बाँकी १५ जना तनहुका युवाहरु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नवलपुर आएका युवाहरुमध्ये देवचुली र कावासोतीका युवालाई स्थानिय तहले जिम्मा लिएर क्वारेन्टाईनमा राखेको छ । बौदिकाली र घिषिङ गाउपालिकाका युवाहरुलाई प्रहरीले सवारीको ब्यवस्था गर्दै बौदिकाली गाउपालिकामा पठाएको छ ।
त्यस्तै, लकडाउन लम्बिदै गएपछी भारतमा रहेका नेपाली तथा नेपालमा भएका भारतीय नागरिकलाई आआफनो देश पु¥याउने व्यवस्था गरिएको छ । बाँकेको जमुनाहा नाकामा भएका भारतीय नागरिकलाई जिल्ला प्रशासनको समन्वयमा भारत पठाईएको छ । नेपालगंज तथा आसपासमा रहेका भारतीय नागरिकलाई दुई देशका सुरक्षा कर्मीको समन्वयमा सुरक्षितरुपमा भारत पठाईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । त्यसैगरी भारतको विभिन्न ठाउमा कामगर्दै आएका नेपालीहरु रुपैडिया क्षेत्रमा रहेका थिए । उनिहरुलाई नेपालमा भित्राउने सहमती भएको छ । नेपाल ल्याईएकाहरुलाई स्वाथ्य चेकजाँच गरी नेपालगंज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा राखिने प्रहरीले जनाएको छ । नेपाल आएकाहरुको तथ्याङ संकलनगरी आआफनो जिल्ला पठाउने प्रशासनले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #तराईमा त्रास
ताजा खबर
- १मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- २मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान
- ३जहरसिंह पौवा दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
- ४जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
- ५कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन



तपाईको कमेन्ट लेख्नुहोस्