मन्त्रिपरिषद निर्णयः निति तथा कार्यक्रम जेठ २ गते
काठमाडौं ३० बैशाख । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको छ । मंगलबार बसेको बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ । सरकारको नीति कार्यक्रम आएपछि सरकारले जेठ १५ गते सोही बमोजिम नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्नेछ । मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमणको अवस्था र रोकथामबारे समेत छलफल भएको थियो । राजधानीमा लकडाउन खुकुलो बनाएकोमा प्रधानमन्त्री ओलीले असन्तुष्ट जनाएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नीति तथा कार्यक्रम
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्