अध्यादेश फिर्ता नलिए कडा आन्दोलन गर्ने प्रतिपक्षी दलहरुको चेतावनी
काठमाडौं १० बैशाख । सरकारले अध्यादेश फिर्ता नलिए कडा आन्दोलन गर्ने प्रतिपक्षीहरुले उद्घोष गरेका छन् । नेपाली कांग्रेसको पाटी कार्यालय सानेपामा बसेको प्रतिपक्षी दलहरुको बैठकले सरकारले अध्यादेश फिर्ता नलिए कडा आन्दोलन गर्ने मोर्चाबन्दी गरेका हुन् । प्रतिपक्षी दलहरुले सरकारलाई राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । दुई वटा अध्यादेश लोकतन्त्र समाप्त पार्न, राजनीति अस्थिरता निम्त्याउन र तानाशाह व्यवस्थातर्फ मुलुकलाई लैजाने ल्याइएको बैठकले निष्कर्ष निकालेको छ । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था छ ।
अध्यादेश फिर्ता नलिएको आन्दोलनमा उत्रिने राणनीति तय भएको नेताहरुले बताएका छन् । लकडाउनपछि सरकार विरुद्ध आन्दोलनको आधिबेरी ल्याउनेसम्मको चेतावनी उनीहरुले दिएका छन् । सरकारको अलोकतान्त्रिक कदमको विरुद्धमा जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमका विरुद्ध आवश्यक कदम उठाउन वाध्य हुने बैठकले निर्णय पनि गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #अध्यादेश फिर्ता
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्