अलपत्र परेकाहरुलाई निशुल्क खाना केन्द्र स्थापना

काठमाडौं ३० चैत । काठमाडौको किर्तिपुरमा निशुल्क खाना केन्द्र स्थापना गरिएको छ । कोरोना भाइरस रोकथामका लागी गरिएको लकडाउन बाट अलपत्र परेकाहरुको लागी निशुल्क खाना केन्द्र स्थापना गरिएको हो । किर्तिपुर नगरपालिका वडा नम्बर ९ नगाउ र वडा नम्बर १० को लोकतान्त्रिक चोकमा स्थापना गरिएको खाना केन्द्रमा मजदुर, विद्यार्थी तथा अलपत्र परेका अन्य नागरिकलाई राहत भएको छ । उक्त खाना केन्द्रमा दैनिक सात सय पचाँस बढिले खाना खाईरहेका छन । किर्तिपुरका ब्यापारी तथा युवा समाजसेवीहरुले ब्यक्तिगत रुपमा आर्थिक सहयोग जम्मा गरेर स्थापना गरेको उक्त खाना केन्द्रमा अरु सहयोगि हातहरु पनि थपिदै गएका छन । चैत २३ बाट सुरु भएको उक्त खाना केन्द्र लकडाउन नखुले सम्म जारी रहने बताइएको छ । किर्तिपुरका युवा समाजसेवी तथा ब्यापारीहरु बिनोद मर्हजन, रबिन्द्र महर्जन, सकेश महर्जन, नबिन श्रेष्ठ, कृष्ण श्रेष्ठ लगायतले खाना केन्द्रको स्थापना गरेको स्थानीय बिनोद महर्जनले बताए । बिहानको खाना ९ बजे बाट ११ बजे सम्म हुन्छ भने साँझको खाना ५ बजे बाट ७ बजे सम्म हुन्छ खुवाइने व्यवसायी शरद शर्माले बताए । अहिले अरु समाजसेवी तथा सामाजिक संघ संस्थाहरु पनि जोडिदै गएको किर्तिपुरका युवा समाजसेवी कृष्ण श्रेष्ठले जानकारी गराए । यस्तै, सोही खाना केन्द्रमा शनिबार काठमाडौ हिमालयन लायन्स क्लव, डिस्ट्रक ३२५, ए २ नेपालले साँझ र बिहानको खानाको ब्यवस्थापन गरेको थियो । हामीले उहाँहरुले गरेको मानविय सेवालाइ साथ दिन शनिबारको खाना ब्यवस्थापन गरेका हौ काठमाडौ हिमालयन लायन्स क्लव डिस्ट्रक ३२५, ए २ नेपाल अध्यक्ष सीता गैरेले जानकारी दिइन ।

क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #निशुल्क खाना केन्द्र स्थापना
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्