Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

 एक दिनमा ६ सय ३० जनाको कोरोना परीक्षण गर्दा सबैको नेगेटिभ


काठमाडौं २८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परिक्षणमा तिब्रता आएको बताएको छ । मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा एक दिन अर्थात २४ घण्टामा ६ सय ३० को कोरोना भाइरस अर्थात् कोभिड ९ परिक्षण गरिएको जानकारी गराइएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । ‘प्रयोगशाला परीक्षणमा आजसम्म तीन हजार पाँच सय २४ टेष्ट भएका छन । ‘नयाँ टेष्ट जम्मा ६ सय ३० जनाको भएको छ। जसमा उपत्यकाका चार सय एक र बाहिरका दुई सय २९ जना सबैको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता बिकास देवकोटाले जानकारी दिए। अहिले देशभर क्वारेन्टाइनमा आठ हजार ६ सय ६० जना छन् भने आइसोलेसनमा एक सय २५ जनाको उपचार भइराखेको छ। उपत्यका भित्र आइसोलेसनमा १५ र बाहिर एक सय १० जना रहेका छन् । अहिलेसम्म र्यापिड टेष्ट सबै प्रदेशमा पाँच हजारको दरले वितरण भएको छ। र्यापिड टेष्टमार्फत् कैलाली ३३९, कञ्चनपुर १३७,  कपिलवस्तु २१, बागलुङ १९ जनामा भएको परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबारबाट प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर मेसिनबाट नमुना परीक्षण सुरु भएको छ। यो सँगै कोरोना परीक्षण उपत्यकासहित ११ स्थानमा सुरु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले बिहीबार डडेललधुराबाट १ सय ९९, बैतडी ४२५, कर्णली प्रदेशबाट ८५ गरेर सात सय ९ नमुना संकलन गरेको छ। नेपालमा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन्। अन्य आठमध्ये चारजनाको धनगढी, दुई दुई जनाको टेकु र बागलुङमा  उपचार भइराखेको छ। पछिल्लो ६ दिनमा नेपालमा कोरोनाका नयाँ संक्रमित भेटिएका छैनन्।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्