कक्षा ११ र १२ को परिक्षा स्थगित
काठमाडौं २५ चैत । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । यसअघि सरकारले कोरोनाको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा एसईई पनि स्थगित गरेको थियो । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । तर, कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कक्षा ११ र १२ को परिक्षा स्थगित
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्