चौरजहारी नगरपालिकाले सञ्चालन गर्यो नगर बस
रुकुम २५ कार्तिक । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको छ । नगरपालिकाले एक समारोहको आयोजना गरी कर्णाली प्रदेशमै पहिलो पटक नगर बस सञ्चालनमा ल्याएको हो । नगर क्षेत्रका सर्वसाधारणलाई आवात–जावतमा सहजता ल्याउन नगर बस सुरु गरिएको प्रमुख विशाल शर्माले जानकारी दिए । सहुलियत भाडा दर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमता भएको तीन वटा बस संचालनमा ल्याएको हो । नगर बसको विभिन्न रुटको भाडादर निर्धारण गरी टिकट अनिवार्य गरिएको छ ।
नगर बसमा अपाङ्गता भएका, जेष्ठ नागरिक, विद्यार्थीहरुलाई भने छुटको व्यवस्था गरेको छ । यस्तै ५ वर्षमुनिका बालबालिका तथा ८० बर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रदान गरिने छ । अब चौरजहारीमा जुनकुनै ठाउँको यात्रा गर्दा २० रुपैया लाग्नेछ ।
चौरजहारी बसपार्कदेखि नुवाकोटसम्म २ भाडा कायम गरिएको छ । चौफा १ सय मात्र तिर्नु पर्ने छ । नगर बसको प्रदेश सभा सदस्य गोपाल शर्मा र जिल्ला समन्वय प्रमुख राज कुमार शर्माले पहिलो यात्रुको रुपमा यात्रा गरेर उद्घाटन गरिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #चौरजहारी नगरपालिका
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्