नयाँ बसपार्क दिउँसै देहब्यापारको बार्गेनिङ

काठमाडौं १४ असोज । देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका भित्रिने र उपत्यकाबाट बाहिरिनेहरुको भीडभाड हुने स्थलगत गन्तब्य । यति मात्रै होइन्, गोंगबु, होटल रात्रीकालिन ब्यवसाय डान्स, डिस्को, दोहोरीको मनोरञ्जनका हिसाबले पनि परिचित गन्तब्य मध्यको एक हो । यहाँ थरिथरिको ब्यापार फस्टाएको छ । यस्तै ब्यापार मध्येको एक हो, यौंन ब्यापार अर्थात देह ब्यापार । हामी बिहिबार साँझपख सडकमै चल्दै आएको बार्गेनिङ र देहव्यापारको वास्तविकता बुझ्न, नयाँ बसपार्क अर्थात गोंगबुमा पुग्यौँ । साँढे पाँच नबज्दै यौनकर्मीहरुको चहलपहल बाक्लिसकेको थियो । केही पुरुष उनीहरुको अघिपछि गर्दै मोलमोलाई गर्दैथिए त केही यौनकर्मी पुरुष नजिक पुगेर जाने हो भन्दै यौंन बेच्न आतुर देखिन्थे । हामीले पनि केही यौंनकर्मी छेउ पुगेर सम्वाद गर्यौँ । साँझपख देखिएको यस्तो माहौंलमा बाध्यता वा रहर के कारण सडकमा आएर सरिर बेच्नु परिरहेको होला भन्ने बुझ्न सम्भव थिएन् । छेउमा पुग्न नपाउँदै यौंनकर्मी खुसी हुँदै सोध्न थालिहाले, जाने हो ? सम्वाद दोहोरो भयो, कति हो ? जवाफ आयो, दुई पटक, करिब एक घण्टाको १३ सय । रुप भाडा त्यसैबाट मिलाउँला । एक पटक यो सम्बाद पनि सुनौँ । नयाँ बसपार्क क्षेत्रको यौंन ब्यापारको मुल्य पनि फरक–फरक रहेछ । कसैको १३ सय, कसैको १५ सय त केहीको दुई हजारसम्म । त्यो पनि एक घण्टा साथ दिएको । साँझपख बार्गेनिङ गर्नेहरु केही कम रहेछन् । रातपरेपछि भने यहाँ यौंनकर्मी र यौन प्यास मेटाउन चाहाने पुरुषहरुको मेला नै लाग्दोरहेछ । एकजना अधबैसे उमेरका पुरुष यौँनकर्मीको चहलपहल नजिकै बसेर नियालिरहेका थिए । हामीले नजिकै पुगेर जिज्ञासा राख्यौँ । उनी भन्दैथिए, रात परेपछि यसो बार्गेनिङ गर्नुपर्ला, अहिले त चिनेजानेका कसैले देखिहाले भने गाह्रो पर्छ । यहाँका यौंनकर्मी देह व्यापार मात्रै होइन्, केही युवाहरुको साहारा लिएर यौंन प्यास मेटाउने बहानामा पैसा लुट्न समेत सक्रिय रहेछन् । कतिपयका लागि यौन सम्पर्क, चाहाना मेटाउने रहर त कतिपयका लागि अगाल्नैपर्ने बाध्यताको पेशा बनिरहेको छ । रहर र बाध्यता आ–आफ्ना होलान, तर सडकमै यसरी फस्टाउँदै गरेको यौंन ब्यापारको बार्गेनिङ भने सोभनिय छैन । हामी यौंनकर्मीको बाध्यतामा कत्तिपनि असहमत छैनौँ । सडमा दिनहु यौनकर्मीहरु बढिरहेका छन् । राज्यले निश्चित क्षेत्र तोकेर यसलाई व्यवस्थित गर्न नसक्ने हो भने, भोलि यो समस्या झन झन बिकराल बन्नसक्छ । नयाँ बसपार्क, ठमेल, रत्नपार्क, चाबहिल, कलंकी, लगाउतका शहरका सडकमै अघोषित रेडलाईट जसरी चल्दैआएको देहब्यापारलाई व्यवस्थित गर्न राज्यले बेलैमा उचित कदम चालोस् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #deha byapar
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्