आइतबारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द
काठमाडौं १५ भदौ । आइतबारदेखि लागु हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सात घण्टा बन्द गरिएको छ । विमानस्थलको स्तरोन्नतीको दोस्रो चरणको काम अघि बढाउन विमानस्थल बन्द गरिएको हो । विमानस्थल राति ११ बजेदेखि बिहान साढे ६ बजे सम्म बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । पहिलो चरणमा विमानस्थालको धावनमार्गको स्तरोन्नती गरिएको थियो । त्यसको करिब ९५ प्रतिशत काम पूरा भएको र दोस्रो चरणमा ट्याक्सी वे र लिंक रोड निर्माणको काम हुने जनाइएको छ । विमानस्थल सात घण्टा बन्द गरिने भए पनि नेपाल वायुसेवा निगमको ओसाका उडानलाई त्यसले असर नगर्ने जनाइएको छ । राति साढे २ बजे ओसाका उडानका क्रममा आधा घण्टा विमानस्थलको काम रोकिने विमानस्थल कार्यालयले जनाएको छ । सो समयमा पर्ने अन्य उडानको कार्यतालिका भने सामान्य हेरफेर हुन सक्ने जनाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #biman estal
ताजा खबर
- १उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
- २कलाकार बले हाजिरी जमानीमा रिहा
- ३रवि लामिछानेको आश्वासनले उपसभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी
- ४देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त भएको एडीबीको निष्कर्ष
- ५सरकार जनताले प्रकट गरेको मर्म, भावना र चाहना चल्नुपर्छः राष्ट्रपति



तपाईको कमेन्ट लेख्नुहोस्