आइतबारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द

काठमाडौं १५ भदौ । आइतबारदेखि लागु हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सात घण्टा बन्द गरिएको छ । विमानस्थलको स्तरोन्नतीको दोस्रो चरणको काम अघि बढाउन विमानस्थल बन्द गरिएको हो । विमानस्थल राति ११ बजेदेखि बिहान साढे ६ बजे सम्म बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । पहिलो चरणमा विमानस्थालको धावनमार्गको स्तरोन्नती गरिएको थियो । त्यसको करिब ९५ प्रतिशत काम पूरा भएको र दोस्रो चरणमा ट्याक्सी वे र लिंक रोड निर्माणको काम हुने जनाइएको छ । विमानस्थल सात घण्टा बन्द गरिने भए पनि नेपाल वायुसेवा निगमको ओसाका उडानलाई त्यसले असर नगर्ने जनाइएको छ । राति साढे २ बजे ओसाका उडानका क्रममा आधा घण्टा विमानस्थलको काम रोकिने विमानस्थल कार्यालयले जनाएको छ । सो समयमा पर्ने अन्य उडानको कार्यतालिका भने सामान्य हेरफेर हुन सक्ने जनाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #biman estal
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्