जर्मन चान्सलर मर्केलद्वारा ब्रेक्जिट सम्बन्धी मुद्दा ३० दिन भित्र समाधान गर्न सुझाव

काठमाडौं ५ भदौ । जर्मन चान्सलर एंगेला मर्केलले ब्रेक्जिट सम्बन्धी मुद्दा तीस दिन भित्र समाधान गर्न सकिने बताएकी छिन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसंगको संयुक्त पत्रकार सम्मेलनमा चान्सलर मर्केलले ब्रेक्जिटको महत्वपूर्ण बुँदा आइरिस बोर्डर ब्याकस्टप सम्बन्धी सम्झौतालाई विकल्पका रुपमा अघि सार्न बोरिसनलाई सुझाव दिइन् । यसले बेलायतलाई ब्रेक्जिटलाई टुंगोमा पुर्याउन मद्दत पुग्ने उनको भनाइ थियो । जवाफमा प्रधानमन्त्री बोरिसनले मर्केलको सुझावबाट आफू निकै खुशी भएको बताए । उनले ब्रेक्जिटको विषय बेलायतको जिम्मेवारी भएको स्वीकार गर्दै उनले नयाँ सम्झौता अनुसार यसलाई टुंगोमा पु¥याउन अझै पर्याप्त समय भएको धारणा राखे । बेलायत भ्रमणमा रहेका बोरिसनले आज फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनसंग भेट गर्नेछन् । शनिवार जी सेभेन राष्ट्रहरुको सम्मेलन हुनुपूर्व उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग पनि भेट गर्नेछन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #markel
ताजा खबर
- १काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- २मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ३८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ४आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
- ५रुकुम मुसिकोट नगरको प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी, खुशीयालीमा दिनभर विजय र्याली
तपाईको कमेन्ट लेख्नुहोस्