धादिङमा बस दुर्घटना तीन जनाको मृत्यु
धादिङ २४ साउन । सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तिमा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जनाभन्दा धेरै घाइते भएका छन् भने एकदर्जनभन्दा धेरै हराईरहेका छन् । ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको धादिङ नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले बताए । दुर्घटनामा परि १६ जना घाइतेहरुको धादिङ र काठमाडौंका अस्पतालमा उपचारको क्रममा पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन नभएको एसपी बैदवारले बताए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #dhading news
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्