धादिङमा बस दुर्घटना तीन जनाको मृत्यु

धादिङ २४ साउन । सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तिमा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जनाभन्दा धेरै घाइते भएका छन् भने एकदर्जनभन्दा धेरै हराईरहेका छन् । ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको धादिङ नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले बताए । दुर्घटनामा परि १६ जना घाइतेहरुको धादिङ र काठमाडौंका अस्पतालमा उपचारको क्रममा पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन नभएको एसपी बैदवारले बताए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #dhading news
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्