अव कार्यालयमा रहँदा रक्सी खाए जागिर चट्
काठमाडौं १० साउन । निजामति कर्मचारी रक्सी सेवन गरी कार्यालयमा गए जागिर जाने सम्मको कानुन बनाउन सांसदले सुझाव दिएका छन् । रक्सी सेवन गरेको कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट बर्खास्त गर्न सांसदले प्रस्ताव गरेका हुन्। ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त’ सम्बन्धमा बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदले प्रस्ताव राखेका हुन् । सामन्य विभागीय कारवाही मात्रै गर्दा विकृति आउने भन्दै सांसदले देखिने र कडा कारवाही गर्न सांसदको माग थियो । सांसद देबेन्द्रराज कडेलले मादक पदार्थ सेवन गरी कार्यालयमा उपस्थित भएमा वा कार्यालयमा सेवन गरेमा विशेष सजाय अन्तर्गत भविष्यमा अयोग्य नहुने गरी जागिरबाटै बर्खास्त गर्नुपर्ने माग गरे । विधेयकको दफा ९२ घ मा यसलाई नसिहत कारवाही हुने उल्लेख गरिएको छ। यो सामान्य कारवाही गरेर नहुने सांसदको भनाइ छ। ‘शब्दकोषमा नसिहतको अर्थ कसैले नहुने कुनै कामकुरा गरेमा वा कुनै काम बिगारेमा आइन्दा यसो नगर्नू भनी दिइने चेतावनी भनिएको छ’, सांसद याशोदा सुवेदीले जानकारी दिइन । दफामा कर्मचारीले गरेको काम सन्तोषजनक नभएमा, पूर्वस्वीकृति नलिई एक महिनामा दुई पटकभन्दा बढी कार्यालयमा अनुपस्थित भएमा, अख्तियार प्राप्त अधिकारीको स्वीकृति बिना अध्यय वा तालिममा भाग लिन विदेश गएमा नसिहतको कारवाही गर्ने उल्लेख छ। तर सांसदले यो कारवाही देखाउन मात्रै गरिने भन्दै आपत्ति जनाएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, लाेकसेवा/जागिर, समाचार
ट्याग : #karmachari
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्