महिनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने शिक्षण अस्पतालको योजना
काठमाडौं ५ साउन । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महिनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने जनाएको छ । प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपणको काम गरेको थियो । कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य अस्पतालले लिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्काले अस्पतालको ३७ औँ तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको ४७ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले मृर्गौला प्रत्यारोपणकार्य सफलतापूर्वक अगाडि बढिरहेको जानकारी दिएका हुन् । विसं २०४० मा आजकै दिनदेखि ३०१ श्ययाबाट सेवा शुरु गरेको अस्पताल हाल ७०० मा विस्तार भएको छ। गत वर्ष अस्पतालको बहिरङ्ग सेवातर्फ पाँच लाख २५ हजार ५११ र आकस्मिकतर्फ ५० हजार ३६९ ले सेवा लिएका थिए । अस्पतालले अनिवार्य आफ्नै ‘फार्मेसी’ सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेपछि गतवर्ष रु १९ करोड ७६ लाख बराबरको औषधि बिक्री वितरण भएको थियो। कार्यकारी निर्देशक प्रा डा खड्काले चालू आवमा अस्पताललाई ६८ लाख ८९ हजार ३५५ घाटा हुने जानकारी दिए । पछिल्लो समय अस्पताल एमआरआई, एनेस्थेसिया, अर्थोपेडिक वार्ड स्तरोन्नति, शल्यक्रिया कक्ष विस्तार, अक्सिजन आपूर्तिमा आत्मनिर्भर बनेको छ। कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रममा १५०, स्नातकोत्तर तहमा एक सय तथा विद्यावारिधि तहमा २० विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिए ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #teaching hospital
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्