गुण्डा नाइके भनिएका राधे भण्डारी पक्राउ
काठमाडौं २३ जेठ । गुण्डा नाइके भनिएका राधे भण्डारी पक्राउ परेका छन् । प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारी हतियारसहित पक्राउ परेका हुन् । उनी बुधबार साँझ धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट पक्राउ परेको प्रहरीले जनाएको छ । राधेले ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचना पाएपछि प्रहरीले उनको पिछा गरेको थियो । पक्राउको क्रममा उनले प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेका थिए । आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #gunda pakrau
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्