रामोसको पेनाल्टीले स्पेनको विजयी सुरुवात
काठमाडौं १० चैत । स्पेनले युरोपक फुटबल २०२० को छनौट यात्रा सुरु गरेको छ । समूह एफ अन्तर्गत शनिबार राति भएको छनौट चरणको पहिलो खेलमा स्पेनले नर्वेमाथि २–१ को जित दर्ता गर्दे यात्रा तय गरेको हो । स्पेनको जितमा रोड्रिगो कप्तान सर्जियो रामोसले गोल गरेका थिए । नर्वेका लागि जोशुआ किङ्गले एक गोल फर्काए । घरेलु मैदानमा भएको खेलमा १६ औँ मिनेटमा रोड्रिगोको गोलबाट स्पेनले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा पछि परेको नर्वेका लागि ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा किङ्गले बराबरी गोल फर्काए । तर स्पेनले त्यसको केही मिनेटपछि नै पेनाल्टी पायो । ७१ औँ मिनेटमा रामोसले पेनाल्टी मार्फत गोल गर्दै स्पेनलाई जित दिलाएका थिए । स्पेनले युरोकप फुटबलको उपाधि सन् १९६४, २००८ र २०१२ गरि तीन पटक जितेको हो । समूह एफ अन्तर्गत शनिबा राति नै भएको खेलमा स्वीडेनले रोमानियालाई २–१ ले हराएर छनौटमा विजयी सुरुवात गरेको छ । यस्तै माल्टाले पनि फारोइ आइल्याण्डमाथि २–१ कै जित दर्ता गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्