वेल्स विजयी,जर्मनी बराबरीमा रोकियो
काठमाडौं ७ चैत ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बुधबार राति नै भएको अर्को मैत्रीपूर्ण खेलमा वेल्सले ट्रिनिडाड एण्ड टोबाकोलाई पराजित गरेको छ । इन्जुरी समयको दोस्रो मिनेटमा बेन वुडबर्नले गरेको गोलको सहयोगमा वेल्सले जित निकालेको हो । यस्तै, जर्मनी सर्बियासँग बराबरीमा रोकिएको छ । पहिलो हाफमा १–० ले पछि परेको जर्मनीले दोस्रो हाफमा गोल फर्काउँदै हारबाट जोगिएको हो । १२ औँ मिनेटमा लुका जोविकले गोल गर्दै सर्बियालाई सुरुवाति अग्रता दिलाए । जर्मनीका लागि लियोन गोरेट्ज्काले ६९ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । यो खेलमा जर्मनीका लिरोय साने गम्भीर चोटबाट जोगिए । सर्बियाका खेलाडीले गम्भीर फउल गरे पनि सानेलाई चिन्ताजनक चोट नलागेको प्रशिक्षक योआखिम लोले बताए । सानेलाई खेलको ९३ औँ मिनेटमा मिलन पाभकोभले फउल गरेका हुन् । उनले सीधै रातो कार्ड पाएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्