प्रधानमन्त्री ओलीद्वारा समवेदना
काठमाडौं २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको आतंककारी आक्रमणमा ४९ जनाको निधन भएकोप्रति गम्भीर दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले दुई मस्जिदमा भएको आक्रमणमा ज्यान गएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नलाई समवेदना सन्देश पठाएका हुन् । प्रधानमन्त्री ओलीले समवेदना सन्देश मार्फत आतंककारी आक्रमणको कडा आलोचना गरेका छन् । ‘सर्वसाधारणको हत्या हुने यस्तो किसिमका आक्रमणको नेपाल सरकार आलोचना गर्छ र यो मानवता विरोधी गतिविधि हो’ समवेदना सन्देशमा उल्लेख गरिएको छ । कुनै पनि किसिमको आतंकवाद र मानवीयता विरोधी गतिविध स्वीकार्य नहुने र त्यो अन्त्य हुनु पर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा न्युजिल्याण्डका बासिन्दा, निधन भएकाको परिवार तथा घाइतेप्रति समभाव व्यक्त गरेका छन् । क्राइस्टचर्चमा शुक्रबार दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तिमा ४९ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्