इंग्ल्याण्डको शानदार जित
काठमाडौ २५ फागुन । इंग्ल्याण्डले वेष्ट इन्डिजनमाथि ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा शानदार जितेको छ । दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भ्रमण टोली इंग्ल्याण्डले वेष्ट इन्डिजमाथि १३७ रनले जितेको हो । १८३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ११ ओभर पाँच बलमा सबै विकेट गुमाएर मात्रै ४५ रन बनायो । वेष्ट इन्डिजका लागि शिमरोन हेटमायर र कार्लोस ब्रेथवेटले समान १०–१० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्याण्डका क्रिस जोर्डनले चार विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ्ग गरेको इंग्ल्याण्डले ६ विकेटको क्षतिमा १८२ रन बनायो । उसका लागि साम बिलिङ्गसले ८७ तथा जोए रुटले ५५ रन बनाए । वेष्ट इन्डिजले जवाफी ब्याटिङ्गमा बनाएको ४५ रन ट्वेन्ट–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले बनाएको दोस्रो कम रन हो ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्