फर्कियो म्यानचेस्टर सिटी शीर्षस्थानमा
काठमाडौ । साबिक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किन सफल भएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले बोर्नमाउथलाई १–० ले हराएउदै शिर्षस्थानमा आएको हो । पहिलो हाफमा गोल रहित रहेको खेलमा म्यानचेस्टर सिटीका लागि महत्वपूर्ण जित दिलाउने गोल दोस्रो हाफमा रियाद महरेजले गरे । महरेजले ५५ औँ मिनेटमा गरेको गोलले सिटीको जित निश्चित गरेको हो ।
महरेजले यो सिजन सिटीका लागि ११ गोल गरे । जितपछि २९ खेलबाट ७१ अंक बनाएको सिटी शीर्षस्थानमा पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको ६९ अंक छ र उ कम्तिमा एक दिनका लागि दोस्रो स्थानमा झरेको छ । लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा तेस्रो स्थानको टोटनह्याम आर्सनलसँग १–१ को बराबरीमा रोकियो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि ७४ औँ मिनेटमा पाएको पेनाल्टीमा ह्यारी केनले गोल गरे । त्यसअघि १६ औँ मिनेटमा आर्सनलका लागि आरोन राम्सीले गोल गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्