आइतबारदेखि देशैभर मौसम सफा हुने
काठमाडौं – आगामी आइतबारदेखि देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि दिउँसोदेखि मौसम सफा हुने मौसमविद् पौडेलले बताए । काठमाडौं उपत्यकामा बिहान आंशिक बदली हुँदा हलुका वर्षा भए पनि दिउँसोदेखि भने घाम लाग्न सक्ने महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले आइतबारदेखि मौसम सफा हुने पौडेलले बताए । गत बुधबारदेखि वर्षासँगै हिमपात हुँदा जाडो बढेको छ । यो समाचारआजकामे नयाँ पत्रिकामा छ ।
क्याटेगोरी : प्रमुख समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्