परिवारवादमा स्पष्ट छौं, विधि बाहिर जाँदैनौंः रवि लामिछाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले विधिभन्दा बाहिर आफ्नो पार्टी कुनै हालतमा नजाने दाबी गरेका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।
त्यस्तै, आफ्नो पार्टी परिवारवादमा स्पष्ट भएको पनि उनले जिकिर गरे । ‘रास्वपासँग विधिसँग छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन,’ लामिछानेले भने, ‘कथमकदाचित यी सबै विधिहरू नाघेर जानु भएछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’
समानुपातिकको बन्दसूचीमा परेका केही व्यक्तिबारे भइरहेको आलोचनाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘पछिल्लो परिस्थितिमा जुन राजनीतिक घटनाक्रमहरू भए, विशेषगरेर हामी नयाँ जसरी एक ठाउँमा उभिएर जाने भनेर छोटो समयमा निर्णय भयो ।
त्यसले हामीलाई तयारीमा हाम्रो समय नपुगेको जरुर हो,’ लामिछानेले भने, ‘अहिले सार्वजनिक चासोमा आउनुभन्दा अघि नै यो चाहीँ रिभ्यू गर्ने समय हुन्छ भन्नेलाई मध्यनजर गर्दै, किनभने कुलमानजीसँग हामीले अन्तिम समयमा गरेका हौं । किनभने उता सूची बुझाउनु छ, यता हामी सहमति गर्दै थियौं ।’
यस्तै कारणले केही समस्या भएको हुनसक्ने र भएको भए पनि त्यसलाई रिभ्यू गरिने उनले बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्