११ महिनाको वैदेशिक व्यापार-१६ खर्बको आयात हुँदा निर्यात २ खर्ब मात्रै
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा १८ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि जेठसम्मको अवधिमा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यो व्यापार गत आवको सोही अवधिको १८.८० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो । भन्सार विभागका अनुसार चालू आवको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा १३.१५ प्रतिशत बढी हो । सो अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, यस अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७७.७७ प्रतिशत बढी हो । त्यस बेला १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
यस अवधिमा नेपालले १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले बढी हो ।
गत आवको सो अवधिमा नेपालले १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्